कांग्रेस सांसद माया राईविरुद्ध ३७ लाख ३५ हजार बिगो माग गर्दै मुद्दा दायर

काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध जिल्ला अदालत काठमाडौँमा ३७ लाख ३५ हजार ८४३ रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले मंगलबार उनीविरुद्ध मुद्दा दायर गरेको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई वैशाख १३ गते आफ्नै घरबाट पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौँको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले उनीविरुद्ध मुद्दा दायर गरेको हो । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा  संगठित अपराधमा मुद्दा दायर भएको हो ।

उनी सहकारीको कार्यसमिति सदस्य र सचिव पदमा रहँदा २ करोड ४० लाख रुपैयाँ रकम हिनामिना भएको अनुसन्धानबाट देखिएको छ ।

प्रहरीसामु उनले सहकारीको माइन्युटमा प्रयोग भएका हस्ताक्षर आफ्नै भए पनि आफूले सहकारीको कार्यालय पनि नदेखेको र त्यहाँ काम गर्ने कर्मचारी पनि नचिनेको बयान दिएकी छन् । आफू हाँडिगाउँस्थित डेरामा बस्दा सोही घरको अर्को कोठामा बस्ने भूपेन्द्र राईले झुक्काएर आफ्नो हस्ताक्षर दुरुपयोग गरेको र उनकै आग्रहमा सहकारीमा आवद्ध भएको बयान दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार