नेप्सेद्धारा सूचीकृत कम्पनीहरूसँग अपडेट भएको विवरण माग

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले सूचीकृत कम्पनीहरूलाई नयाँ अपडेट भएको विवरण माग गरेको छ । मंगलबार सूचना जारी गर्दै नेप्सेले नयाँ अपडेट भएको वित्तीय विवरणसहित जानकारी उपलब्ध गराउन भनेको छ । नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनिमय २२ अनुरुप उक्त कार्य गर्न निर्देशन दिएको हो ।

नेप्सेको सूचना अनुसार वेबसाइटमा प्रोफाइल, सम्पर्क विवरण, सञ्चालक समिति तथा वित्तीय विवरण उपलब्ध नगराउने कम्पनीहरूले नोट्स लगइन गरेर सूचना प्रविष्ट गर्नुपर्ने भएको छ ।

नेप्सेको वेबसाइटमा गएर उपलब्ध नोट्स लगइन गरेर सूचीकृत कम्पनीहरूले आफ्नो कम्पनीको विवरणहरू अपलोड गर्नुपर्ने निर्देशन दिएको छ । सूचीकृत कम्पनीले प्रविष्ट भएका विवरणहरू नेप्सेको वेबसाइटमा मार्फत लगानीकर्तालाई सम्प्रेषण हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार