काठमाडौं ।नेकपा एमालेका सांसद महेश बस्नेतले आन्तरिक उडान गर्ने निजी हवाईजहाज कम्पनीले यात्रुलाई भेडा बाख्रा जस्तो व्यवहार गरेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको बुधबारो बैठकमा शून्य समयमा बोल्दै उनले आधा घण्टाको उडानका लागि ४ घण्टासम्म कुराउने गरेको आरोप लगाए ।
हवाई जहाजले यात्रुलाई सम्मान नगरेको र यात्रुहरूको समयलाई ख्याल नगरेको आरोप बस्नेतको थियो ।

