दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार घटेको छ । गत सातादेखि (मंगलबार र बुधबार बाहेक) निरन्तर घटेको शेयर बजार बधुबार पनि घटेको हो ।

बधुबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १३.९६ अंकले घटेर २६२०.२७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ३.२८ अंकले घटेर ४४१.४४ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स १.०७ अंकले र सेन्सेटिभ फोल्ट इन्डेक्स भने १.०४ अंकले घटेको हो ।

बुधबार ३१५ वटा कम्पनीको १ करोड ८४ लाख ९६ हजार १३८ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ८ अर्ब ७३ करोड ६५ लाख ७० हजार पुगेको छ । जुन मंगलबारको तुलनामा कारोबार रकम ८९ करोड ८२ लाख ४२ हजारले कम हो । मंगलबार ३१४ वटा कम्पनीको २ करोड १८ लाख २८ हजार २३१ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबाररकम ९ अर्ब ६३ करोड ४८ लाख १२ हजार पुगेको थियो ।

यसैबीच बुधबार बजार पुँजीकरण रकम ४३ खर्ब ५८ अर्ब ७१ करोड पुगेको छ । मंगलबार भने बजार पुँजीकरण रकम ४३ खर्ब ८१ अर्ब ९४ करोड पुगेको थियो ।

यसदिन ६२ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १८३ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
यस दिन २ वटा उपसमूह बढ्दा ११ वटा उपसमूह घटेको छ । विकास बैंक ६६ र अन्य समूह ५५ अंकले बढ्दा बैंकिङ ६, वित्त ५, होटल र पर्यटन १०३, जलविद्युत ७०, लगानी १.२१, जीवन बीमा ११७, उत्पादन र प्रशोधन ६७, लघुवित्त १२, म्युअुचल फण्ड ०.०३, निर्जीवन बीमा १७५ र व्यापार ३० अंकले घटेको हो ।

यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा राधी विद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी, क्रेष्ट माइक्रो लाइपफ इन्स्योरेनस, ङादी ग्रुप र लुम्बिनी विकास बैंक बन्यो । राधी विद्युत कम्पनीको ५९ करोड ३२ लाख, युनिभर्सल पावर कम्पनीको ५१ करोड ४९ लाख, क्रेष्ट माइक्रो लाइपफ इन्स्योरनसको ५१ करोड ३२ लाख, ङादी ग्रुपको ४८ करोड ५१ लाख र लुम्बिनी विकास बैंकको ३५ करोड ४१ लाख बराबर कारोबार भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार