CLI

स्वर्णलक्ष्मी सहकारी प्रकरणः कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको करिब साढे २ करोड रुपैयाँ अपचलन गरेको अभियोगमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईमाया राईलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले यस्तो आदेश दिएको हो। राईविरुद्ध मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँले संगठित रुपमा रकम अपचलन गरेको अभियोगमा मुद्दा दायर गरेको थियो।

उनीविरुद्ध ३७ लाख ३५ हजार रुपैयाँ बिगो मागदावी गरिएको छ। उनलाई गत वैशाख १३ गते प्रहरीले पक्राउ गरेको थियो।

Leave Your Comment

Related News