काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति सिफारिस समितिमा सरकारले डा पोषराज पाण्डेलाई नियुक्त गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले समिति पुनर्गठन गर्दै पाण्डेलाई समितिमा नियुक्त गरेको एक मन्त्रीले बताए ।
यसअघि अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको समितिमा डा विश्व पौडेल रहेकोमा नेपाली कांग्रेसले गभर्नरका रुपमा अघि सारेपछि उनले राजीनामा दिएका थिए ।
सरकारले तेस्रोपटक समिति पुनर्गठन गरेको हो । यसअघि पूर्वगभर्नर विजयनाथ भट्टराई समिति सदस्य रहेकोमा उनले राजीनामा दिएका थिए ।
त्यसअघि पूर्व गभर्नर विजयनाथ भट्टराईले पनि समिति सदस्यबाट राजीनामा दिएका थिए । भट्टराईले राजीनामा दिएपछि सरकारले १७ वैशाखमा अधिकारीलाई नियुक्त गरेको थियो । गभर्नर रहँदै बनेको उक्त समितिमा अधिकारीलाई नियुक्ति गरिएको भन्दै सर्वोच्च अदालतमा रिट समेत परेको छ ।
पूर्णता पाएको समितिमा अर्थमन्त्री पौडेल, पूर्वगभर्नर अधिकारी र अर्थविद् पाण्डे रहेका छन् ।

