गत आवको बेरुजु ९१ अर्ब ५९ करोड, ३० अर्बभन्दा बढी असुल गर्नुपर्ने

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ सम्म १२ खर्ब ८४ अर्ब २१ करोड रुपैयाँ बेरुजु देखिएको हो । महालेखापरीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको आफ्नो ६२औँ प्रतिवेदनमा बेरुजु बढेको उल्लेख छ । आर्थिक वर्ष २०८०र८१मा मात्रै ९१ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ बेरुजु थपिएको छ । यसरी बेरुजु रकम वृद्धि हुनुको मुख्य कारण राजस्व बक्यौता र पुरानो बेरुजु फछ्र्यौट नहुनु रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनका अनुसार गत वर्षसम्म अद्यावधिक बेरुजु ७ खर्ब ३३ अर्ब १९ करोड र कारबाही गरी टुङ्गो लगाउनुपर्ने ५ खर्ब ५१ अर्ब दुई करोड रुपैयाँ छ । काराबाही गरी टुङ्गो लगाउनुपर्ने बेरुजुहरूमा भने राजस्व बक्यौता ४ खर्ब ७२ अर्ब ३५ करोड रुपैयाँ, शोधभर्ना लिन बाँकी वैदेशिक अनुदान ६ अर्ब २५ करोड रुपैयाँ, शोधभर्ना लिन बाँकी वैदेशिक ऋण १४ अर्ब ३३ करोड रुपैयाँ छ । साथै जमानत बसी दिएको ऋणको भाका नाघेको साँवाब्याज ४९ अर्ब ३७ करोड रुपैयाँ र लेखापरीक्षण बक्यौता ८ अर्ब ७१ करोड रुपैयाँ कारबाही गरी टुङ्गोे लगाउनुपर्ने बेरुजु रहेको छ । गत वर्षसम्मको बाँकी बेरुजु भने ६ खर्ब ६९ अर्ब ८६ करोड रहेकोमा समायोजन तथा फछ्र्यौट गरिएको रकम घटाउँदा उक्त बेरुजु देखिएको हो ।

गत आर्थिक वर्ष २०८०/८१ को बेरुजु ९१ अर्ब रुपैयाँभन्दा रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदनमा गत आवको बेरुजु ९१ अर्ब ५९ करोड रुपैयाँ देखिएको हो ।

जसमा संघीय सरकारी कार्यालयको ४७ अर्ब ७४ करोड ३० लाख रुपैयाँ, प्रदेश सरकारी कार्यालयको ४ अर्ब २० करोड रुपैयाँ, स्थानीय तहको २५ अर्ब ३२ करोड ४२ लाख रुपैयाँ र समिति तथा अन्य संस्थाको १४ अर्ब ३३ करोड ७ लाख रुपैयाँ गत आवमा बेरुजु देखिएको छ ।

गत आवको बेरुजुबाट ३० अर्ब १२ करोड ५१ लाख रुपैयाँ असुल गर्नु पर्ने महालेखा परीक्षकको कार्यालयले औंल्याएको छ । संघीय सरकारी कार्यालयबाट १८ अर्ब ३३ करोड २४ लाख रुपैयाँ, प्रदेश सरकारी कार्यालयबाट ७६ करोड ८५ लाख रुपैयाँ, स्थानीय तहबाट ३ अर्ब ५० करोड ११ लाख रुपैयाँ र समिति तथा अन्य संस्थाबाट ७ अर्ब ५२ करोड ३१ लाख रुपैयाँ बेरुजु असुल गर्नु पर्ने देखिएको छ । गत आवको कुल बेरुजुमध्ये ३२.८९ प्रतिशत असुल गर्नु पर्ने महालेखा परीक्षकको प्रतिवेदनमा देखिन्छ ।

अनियमित १५ अर्ब ११ करोड १२ लाख रुपैयाँ, प्रमाण कागज पेस नभएको ४० अर्ब ९४ करोड ७८ लाख रुपैयाँ, शोधभर्ना नलिएको ६ करोड ५२ लाख रुपैयाँ बेरुजु छ । पेस्की बापतको बेरुजु ५ अर्ब ३४ करोड ८६ लाख रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार