काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
बुधबार बसेको ५५० औँ बैठकले नेपाल बीमा प्राधिकरणको स्विकृति र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भए अनुसार हुने गरी लाभांश प्रस्ताव गरेको हो ।
हाल कम्पनीको अद्यावधिक रुपमा कायम रहेको चुक्ता पुँजी ५ अर्ब २१ करोडको १० प्रतिशतका दरले हुन आउने ५२ करोड २१ लाख र पाँच प्रतिशतका दरले हुन आउने २६ करोड ६ लाख बोनसगरी १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नगद र बोनस शेयर लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.७८ प्रतिशतले लाग्ने कर नगद लाभांशबाट समायोजन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

