भृकुटीमण्डपमा ग्लोबल कन्जुमर एक्स्पो

काठमाडौं । ग्लोबल कन्जुमर एक्स्पो २०२५ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । एक्स्पोको बुधबार एक कार्यक्रमका बीच नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले उद्घाटन गरेका थिए ।

कार्यक्रममा पूर्व कप्तान खड्काले यस किसिमको कन्जुमर मेलामा विभिन्न सामग्रीहरू एकै छानामुनि उपलब्ध हुने भएकाले आफूले पनि परिवारसहित एक्स्पो भिजिट गर्ने बताए । इभेन्ट्स सोलुसनको आयोजनामा सुरु भएको यस एक्स्पोमा एक सय ३० भन्दा बढी स्वदेशी तथा विदेशी स्टलहरू राखिएका छन् । साना तथा मझौला उद्योगहरूलाई बजार विस्तारमा टेवा पु¥याउने उद्देश्यले आयोजना गरिएको यो एक्स्पोले व्यावसायिक सम्भावनालाई नयाँ दिशा दिने अपेक्षा गरिएको इभेन्ट्स सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए ।

‘सपिङको नयाँ ठेगाना’ भन्ने नाराका साथ सुरु गरिएको यो एक्स्पोमा विभिन्न रोचक तथा आकर्षक कार्यक्रमहरू समावेश छन् । यस एक्स्पोमा ग्राहकले एकै छानामुनि स्वदेशी तथा विदेशी ब्रान्डका सामग्रीहरू सुपथ मूल्यमा खरिद गर्न सक्नेछन् । एक्स्पोको मुख्य आकर्षणका रूपमा १५ भन्दा बढी प्रकारका उत्पादन, एक सय ३० बढी स्टल, स्वादिलो फुड स्टल, मनोरञ्जनात्मक प्ले जोन, गिफ्ट ह्याम्परहरू राखिएको छ । यो एक्स्पो नवप्रवर्तन, उद्यमशीलता र उपभोक्ता प्रवृत्तिको उत्सव रहेको प्रधानले बताए । यस एक्स्पोमा ५० हजार बढी मानिसहरूले भिजिट गर्ने अपेक्षा गरिएको छ । पाँच दिनसम्म चल्ने यो एक्स्पोमा उपस्थिति भई स्टलहरूको अवलोकन गर्न र नेपाली उत्पादनहरूलाई समर्थन गर्न आयोजकको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार