क्रेस्ट माइक्रो लाइफको साधारण सभा जेठ २३ गते यस्ता छन् प्रस्ताव

काठमाडौं ।क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले वार्षिक साधारण सभा तथा बुक क्लोज मिति घोषणा गरेको छ । इन्स्योरेन्सको वैशाख ३१ गते बसेको सञ्चालक समितिको ३३ औं बैठकले आगामी जेष्ठ २३ गते कम्पनीको रिजष्टर्ड कार्यालय बिरेन्द्रनगर सुर्खेतमा साधारण सभा बस्ने निर्णय गरेको हो ।

उक्त साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
जेठ ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

सभामा आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात तथा सोही अवधिसम्मको नाफारनोक्सान हिसाब तथा नगद प्रवाह विवरण र तत्सम्बन्धी अनुसूचीहरु माथि छलफल गरी पारित गर्ने र आव २०८१/८२ का लागि बाह्य लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ । । यसका साथै सर्बसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको नियुक्ति ९निर्बाचन० गर्ने प्रस्ताव पारित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार