CLI

प्रधानमन्त्रीको सल्लाहकार टिमलाई संविधानले चिनेन तर बिचौलियाले चिने : सांसद खतिवडा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहकार टिममाथि सत्तासाझेदार नेपाली कांग्रेसकै सांसदले प्रश्न उठाएका छन्।

बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै कांग्रेस सांसद रामहरि खतिवडाले प्रधानमन्त्रीको सल्लाहकार टिममाथि प्रश्न उठाएका हुन्। उनले प्रधानमन्त्रीको सल्लाहकारलाई संविधानले नचिन्ने तर बिचौलियाले चिनेको सल्लाहकार राख्दा उनीहरूले कस्तो सल्लाह दिन्छन् भन्ने प्रश्न उठेको बताए।

सल्लाहकार राखेर राज्यको अर्बौ रकम खर्चिएकोमा उनले प्रधानमन्त्रीमाथि प्रश्न गरे। उनले देशको आर्थिक अवस्था कमजोर भएको थाहा हुँदाहुँदै पनि सल्लाहकार लगायत अनावश्यक क्षेत्रमा खर्च गरिएकोमा आपत्ति जनाए। उनले  भने, ‘कतिपय सल्लाहकार मन्त्रीस्तरीय, कतिपय सल्लाहकारहरू राज्यमन्त्र स्तरीय, कतिपय सल्लाहकारहरू हिजो मन्त्री भएर फेरि काहीँ ठाउँ नपाएपछि सल्लाहरको रुपमा सत्ताको वरिपरी बस्नको लागि नियुक्ति भएका छन्।’

‘प्रधानमन्त्रीको सल्लाहकार मन्त्रिपरिषद् आफैँ हुन्छ। परराष्ट्रमन्त्री आफैँ सल्लाहाकार हुनुहुन्छ प्रधानमन्त्रीको तर धेरै सल्लाहकार राखिएको छ। राजनीतिक विज्ञ सल्लाहकार अरे, कानुन विज्ञ सल्लाहकार अरे, जल तथा वातावरण विज्ञ सल्लाहकार अरे, अन्तर्राष्ट्रिय सम्बन्ध विज्ञ सल्लाहकार अरे, सञ्चार विज्ञ सल्लाहकार अरे,’ उनले अघि भने, ‘मुख्य सल्लाहकार अरे, आर्थिक विज्ञ सल्लाहकार अरे, जनसम्पर्क सल्लाहकार अरे, मानव अधिकार तथा संक्रमणकालीन न्याय सम्बन्धी सल्लाहकार अरे, सूचना प्रविधि विज्ञ अरे।’

 

 

Leave Your Comment

Related News