यो हप्तामा चार प्रदेशमा भारी बर्षा हुन सक्ने

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार यो साता स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहने देखिन्छ।  साताको शुरुमा बङ्गालको खाडी र अरब सागर बाट भित्रीने जलवाष्पयुक्त तथा साताको मध्य र अन्त्यमा बङ्गालको खाडीबाट भित्रीने जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको रहने देखिन्छ ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागः कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षा/हिमपातको सम्भावना सम्भावना रहेको छ। कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा साताको शुरू र अन्त्यमा एक-दुई स्थानमा तथा मध्यमा थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

देशको पहाडी भू-भागः साताभर थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेशमा साताको शुरूमा एक-दुई स्थानमा तथा मध्य र अन्त्यमा थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । साथै साताको मध्यमा बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश तथा साताको मध्य र अन्त्यमा कोशी प्रदेशका एक-दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको छ।

तराई भू-भागः कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा साताको शुरुमा एक-दुई स्थानमा तथा मध्य र अन्त्यमा थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  सुदुरपश्चिम प्रदेशमा साताको शुरू र अन्त्यमा एक-दुई स्थानमा र मध्यमा थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै साताको मध्यमा बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश र साताको मध्य र अन्त्यमा कोशी प्रदेश र मधेश प्रदेश एक-दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको छ।

यो साता देशको पहाडी तथा तराईको भू-भागमा अधिकतम र न्यूनतम तापक्रममा उल्लेखनिय परिवर्तन नभएपनि मध्य र अन्त्यमा हल्का घट्ने सम्भावना रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार