CLI

सङ्घीय निजामती सेवा विधेयक राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित

काठमाडौं । सङ्घीय निजामती सेवा विधेयक संसदीयको राज्य व्यवस्था तथा सुशासन समितिसमितिबाट पारित भएको छ ।अघिल्लो संसदमा पेश भएर पारित हुन नसकेको यो विधेयक  । यो संसदमा निजामती सेवा विधेयक २०८० फागुन २१ गते प्रतिनिधि सभामा दर्ता भएको थियो ।  शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले दफावार छलफल पश्चात  सर्वसम्मतरूपमा यो विधयेक पारित गरेको हो । संसदले सैद्धान्तिक छलफल गरेर प्रतिनिधि सभाले दफावार छलफलका लागि २०८१ जेठ १५ मा राज्य व्यवस्था समितिमा पठाएको थियो ।

विधेयक पारित भएपछि सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले यसमा संलग्न सबैलाई धन्यवाद व्यक्त गरेका छन्  ‘विगत नौ वर्षदेखि विचाराधीन रहेको निजामती विधेयक आज राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसहमत रूपले पास गराउन सफल भएका छौं,’ मन्त्री गुप्ताले भने , ‘र, यसका लागि राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिलगायत सम्पूर्ण माननीय सदस्य र यो विधयेक तयार पार्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव, कानुन मन्त्रालयका सचिव, कर्मचारीलगायतलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।’

सङ्घीय निजामती सेवासम्बन्धी विधेयकमा सांसदहरूले १२४ समूहमा एक हजार ५८३ वटा संशोधन प्रस्ताव परेका थिए  । संशोधन प्रस्तावसमेतलाई एकैठाउँमा राखेर दफावार छलफल गरी संसदीय समितिले विधेयक पारित गरेको हो ।

 

Leave Your Comment

Related News