तेह्रथुम पावर कम्पनीको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयरमा सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासनका लागि जेठ ५ गते बुक क्लोज गर्दैछ ।

 १ कित्ता साधारण शेयर बराबर १ कित्ता हकप्रद शेयरको अनुपातमा प्रतिकित्ता अंकित मूल्य १ सय रुपैयाँका दरले ४० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो ।

कम्पनीले हाल हकप्रद शेयर निष्काशनको मिति भने तय गरिसकेको छैन ।

कम्पनीले हाल काय चुक्तापुँजी ४० करोडको आधारमा सोही रकम बराबरको हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँट पछि कम्पनीको चुक्ता पुँजी ८० करोड कायम हुनेछ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार