नेशनल लाइफको सिईओमा सुरेश प्रसाद खत्री पुनः नियुक्त

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिृकत (सिईओ) मा सुरेश प्रसाद खत्री पुनः नियुक्त भएका छन् ।

कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सिईओमा खत्रीलाई पुनःनियुक्त गर्ने निर्णय गरेको हो । नव नियुक्त सिईओ खत्रीले आजदेखि पदभार ग्रहण गर्नेछन् ।

२०७८ साल जेठ ३ गतेदेखि लागू हुने गरी पहिलो पटक सिईओको जिम्मेवारी सम्हालेका खत्रीले यस अवधीमा कम्पनीमा उत्कृष्ट नतिजा दिन सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार