CLI

पोलमा करेन्ट लागेर मृत्यु भएको विषयमा सांसदद्धारा छानबिनको माग

काठमाडौं । प्रतिनिधिसभा बैठकमा विद्युत पोलमा काम गर्दा करेन्ट लागेर मृत्यु भएको विषय उठेको छ। सांसदहरूले सर्लाहीका उपेश नेपालीको धुलिखेलमा करेन्ट लागेर मृत्यु भएको घटनाबारे छानबिनको माग गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा विद्युतको पोलमा चढेर काम गर्दा करेन्ट लागेर मृत्यु भएको विषय उठेको छ । प्रतिनिधिसभाको आकस्मिक समयमा सांसदहरूले सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारिबथानका उपेश नेपालीको शनिबार धुलिखेल नगरपालिका– ७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युत् पोलमा चढेर काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको विषय उठाएका हुन् ।

प्रतिनिधिसभाको आकस्मिक समयमा काभ्रेका सांसद सूर्यमान दोङ तामाङ, शिव नेपाली, सहराज अहमत फारुकी पोलमा करेन्ट लागेर मृत्यु भएको विषयमा छानबिन गर्न माग गरे । उनीहरूले यो घटना मृत्यु भएको नभई हत्या भएको बताउँदै छानबिन गर्न माग गरे ।

Leave Your Comment

Related News