काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गत आर्थिक वर्षको वित्तीय स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले जेठ २ गते स्वीकृत गरेपछि नयाँ बोनसदर सार्वजनिक गरेको छ।
जस अनुसार सावधिक तथा आजीवन बीमालेखमा बीमा अवधिअनुसार न्यूनतम ६१ रूपैयाँदेखि अधिकतम ७५ रूपैयाँसम्म प्रतिहजारका दरले बोनस दिने भएको छ।
त्यसैगरी अर्काे सावधिक जीवन बीमालेखमा बीमा अवधिअनुसार ४५ रूपैयाँदेखि ६२ रूपैयाँसम्म र बालबालिकाको सावधिक जीवन बीमालेखमा ४२ रूपैयाँदेखि ५२ रूपैयाँसम्म बोनसदर दिने भएको छ।
साथैसामूहिक सावधिक, नवरत्न, जीवन संजीवनी, दम्पत्ति सुरक्षा प्लस, एशियन वार्षिक धनलाभ, भविष्य निधि बीमालेखमा बीमा अवधिअनुसार न्यूनतम ४४ रूपैयाँदेखि अधिकतम ५५ रूपैयाँसम्म बोनस दिने जनाएको छ।
त्यस्तै अग्रीम भुक्तानी सावधिक जीवन बीमालेखमा न्यूनतम ५० रूपैयाँदेखि अधिकतम ७० रूपैयाँसम्म, बाल उच्च शिक्षा बीमालेखमा ४२ रूपैयाँदेखि ५० रूपैयाँसम्म बोनसदर दिने भएको छ।
साथै एशियन सावधिक प्लस, १५ वर्षे अग्रिम भुक्तानी सावधिक प्लस, सुखी जीवन प्लस, वार्षिक भुक्तानी रिभर्सनी बोनस ३८ रूपैयाँदेखि ५६ रूपैयाँसम्म र टर्मिनल बोनस सबै बीमा अवधिमा समान ६ रूपैयाँ दिने भएको छ।
कम्पनीले यो बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालू बीमालेखहरूमा लागू हुने र अर्काे बोनसदर घोषणा नभएसम्म यही बोनसदर लागू हुने जनाएको छ।


