काठमाडौं । साताको पहिलो दिन शेयर बजार सामान्य अंकले घटेको छ । गत साता देखि घटेको शेयर बजार आइतबार पनि घटेको हो ।
आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २.७९ अंकले घटेर २६०९.०५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १.८३ अंकले घटेर ४३८.१७ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ०.२८ अंकले र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.६९ अंकले घटेको हो ।
आइतबार ३०९ वटा कम्पनीको १ करोड ६९ लाख ७ हजार ७३७ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ८ अर्ब ५० करोड ९२ लाख २१ हजार पुगेको छ । जुन बिहीबारको तुलनामा कारोबार रकम १ अर्ब ४२ करोड ५८ लाख ७३ हजारले कम हो । बिहीबार ३२० वटा कम्पनीको १ करोड ७४ लाख २३ हजार ९४३ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ७ अर्ब ८ करोड ३३ लाख ४८ हजार पुगेको हो ।
यसैबीच आइतबार बजार पुँजीकरण रकम ४३ खर्ब ४० अर्ब ४३ करोड ५९ लाख पुगेको छ । बिहीबार भने बजार पुँजीकरण रकम ४३ खर्ब ४४ अर्ब ७० करोड ५८ लाख पुगेको थियो ।
यसदिन १०० वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १४५ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
यस दिन ३ वटा उपसमूह बढ्दा १० वटा उपसमूह घटेको छ । होटल र पर्यटन ७७, लघुवित्त ५७ र अन्य समूह ४ अंकले बढ्दा बैंकिङ २, विकास बैंक ११९, वित्त ११, जलविद्युत ४७, लगानी ०.३०, जीवन बीमा ९०, उत्पादन र प्रशोधन २५, म्युअुचल फण्ड ०.०४, निर्जीवन बीमा १०९ र व्यापार ११८ अंकले घटेको हो ।
यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा नेपाल रिइन्स्योरेन्स कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्ट लिमिटेड, राधी विद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी र हिमालयन रिइन्स्योरेन्स रह्यो । नेपाल रिइन्स्योरेन्स कम्पनीको ७० करोड ३७ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्ट लिमिटेडको ५१ करोड ३६ लाख, राधी विद्युत कम्पनीको ४८ करोड ४२ लाख, युनिभर्सल पावर कम्पनीको ४३ करोड ८१ लाख र हिमालयन रिइन्स्योरेन्सको ४२ करोड २७ लाख बराबर करोबार भयो ।

