काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज सोमवार ल्याउँदैछ । कोशी प्रदेशका प्रमुख माननीय परशुराम खापुङ्गले प्रदेश सरकारको तर्फबाट आर्थिक बर्ष २०८२/८३ को निति तथा कार्यक्रम पेश गर्ने कार्यसुची रहेको कोशी प्रदेशका कार्यवाहक प्रदेश सचिव गौतम राज अमात्यले जानकारी दिएका छन् ।
आजको प्रदेस सभामा प्रदेशका प्रमुख माननीय परशुराम खापुङ्गले प्रदेश सरकारको तर्फबाट आर्थिक बर्ष २०८२/८३ को निति तथा कार्यक्रमका सम्वन्धमा धन्यबाद प्रस्ताब पारित हुने कार्यसुची रहेको छ ।
आजको बैठक दिउँसो ३ बजेलाई बोलाइएको छ ।

