काठमाडौं । नेपाली बजारमा सुनको मूल्य थोरैले बढेको छ । आज सुन प्रति तोला ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार सोमबार छापावाल सुन प्रति तोला
१ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य १ लाख ८४ हजार २०० रुपैयाँ थियो ।
चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघ अनुसार चाँदी प्रति तोला १ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सोही मूल्यमा चाँदी कारोबार भएको थियो ।

