काठमाडौं । नेपाल धितोपत्र बोर्डले पिपुल्स पावर लिमिटेडलाई हकप्रद शेयर निष्काशन गर्न स्वीकृती दिएको छ । बोर्डले कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्न जेठ २ गते स्वीकृती प्रदान गरेकाे हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने अनुमति पाएको हो । जस अनुसार कम्पनीले १ बराबर ०.५० अनुपातमा ३१ करोड ६३ लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

