काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजे बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । आजको बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सम्भावना रहेको जनाइएको छ ।
यद्यपि, गभर्नर चयनका लागि सिफारिस समितिको बैठक बसेको यो समाचार तयार पार्दासम्म जानकारीमा आएको छैन । क्याबिनेटले गभर्नर चयन गर्नका लागि सिफरिस समितिबाट ३ जनाको नाम जानुपर्ने हुन्छ । मन्त्रिपरिषद् बैंक अघि समितिको बैठक बसेर सिफारिस लैजान सक्ने सम्भावना पनि देखिन्छ ।
यसअघि नै सत्तारुढ प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा एमालेबीच डा.विश्व पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति भइसकेको छ ।

