काठमाडौं । नेपालमा टिभीएस ब्राण्डको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सद्वारा ‘टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’ गर्ने भएको छ । कम्पनीका अनुसार मेला जेठ ७ देखि १२ गतेसम्म काठमाडौँ ‘भृकुटीमण्डप’ स्थित प्रदशनी स्थलमा आयोजना हुनेछ । मेलामा ग्राहकले पुराना मोटरसाइकल वा स्कुटरहरूको सट्टापट्टा गरी नयाँ टिभीएस सवारीहरू घर लैजान सक्ने कम्पनीले जनाएको छ ।
मेलाको अवधिभर सट्टापट्टा हुने सवारीका लागि न्यूनतम ३०,००० मूल्याङ्कन गरिने कम्पनीले उल्लेख गरेको छ । ५० भन्दा बढी रिकन्डिसन हाउसहरूको सहभागितामा उच्चतम मूल्याङ्कन सुनिश्चित गरिने कम्पनीले उल्लेख गरेको छ । ८,००० सम्मको नगद छुट, थप मूल्याङ्कन सुविधाहरू, साथै ०% ब्याजदरमा सवारी किन्ने व्यवस्था पनि उपलब्ध गराएको कम्पनीले जनाएको छ । (नियम तथा सर्त लागू हुने)। नयाँ सवारी खरिद गर्ने ग्राहकहरूलाई हेल्मेट, ब्याग, बाइक कभर र रेनकोट जस्ता आवश्यक एसेसोरिज निःशुल्क प्रदान गरिनेछ।
कम्पनीले मेला सुरु हुनुअघि, जेठ ६ गतेसम्म प्रि-बुकिङ गरेको खण्डमा ग्राहकहरूलाई ५,००० बराबरको उपहार घोषणा गरेको छ ।
मेलामा टिभीएसका विभिन्न सेग्मेन्टका मोडेलहरू प्रदर्शनमा रहने छन् । प्रिमियम सेग्मेन्टमा टिभीएस रोनिन र टिभीएस अपाचे सिरिजका बाइकहरू समावेश हुनेछन् । कम्युटर सेग्मेन्टमा टिभीएस रेडर र टिभीएस रेडियन रहने छन् भने स्कुटर सेग्मेन्टमा टिभीएस एनटर्क रहने छ , इलेक्ट्रिक सेग्मेन्टमा टिभीएस आईक्युब इलेक्ट्रिक समेत अवलोकन गर्न सकिने कम्पनीले मेलाको सन्दर्भमा जारी गरेको बिज्ञप्तीमा उल्लेख गर्दै कम्पनीले प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राखी यस प्रकारका सेग्मेष्ट राखिएको जनाएको छ ।
कार्यक्रममा आगन्तुकहरूले लाइभ ब्यान्डको प्रस्तुति, स्टन्ट शो, टेस्ट राइड, विभिन्न खेलहरू, वातानुकूलित प्रदर्शनी हल, सौन्दर्य ब्रान्डहरूको प्रदर्शनी, स्वादिलो परिकारहरूको फूड स्टल र बालबालिकाका लागि खेलकुद, चित्र कोर्ने अवसर, र रमाइलो गतिविधिहरू रहेको विशेष बालमैत्री क्षेत्रको अनुभव लिन सकिनेछ। मेलाले सम्पूर्ण परिवारलाई लक्षित गर्दै रमाइलो वातावरणमा पूर्ण मनोरञ्जन प्रदान गर्ने उद्देश्य राखेको कम्पनीको भनाई रहेको छ ।
सवारी अद्यावधिक गर्न चाहने, नयाँ टिभीएस मोडेलबारे बुझ्न इच्छुक, वा केवल रमाइलो अनुभव लिन चाहने सबैजनालाई टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेलामा सहभागिताको लागि सार्वजनिक आव्हान गरेको छ ।

