हुन्डाई इलेक्ट्रिक सवारी साधनमा प्रि-बजेट अफर

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई इलेक्ट्रिक सवारी साधनहरूमा आकर्षक प्रि-बजेट अफर ल्याएको छ।

यो अफर जेठ ५ देखि १४ गतेसम्म लागू हुनेछ।

अफर हुन्डाई कोना इलेक्ट्रिक, पुरस्कार विजेता आईओएनआईक्यू ५ र क्रेटा ईभीमा लागू गरिएको कम्पनीले जनाएको छ।

यो अफर नेपाली उपभोक्ताहरूको बीचमा विद्युतीय सवारी साधनको पहुँचलाई बढाउन डिजाइन गरिएको हो । यस योजनाअन्तर्गत नयाँ हुन्डाई कोना इलेक्ट्रिक, आईओएनआईक्यू ५ र क्रेटा ईभी खरिद गर्ने ग्राहकहरूले प्रोत्साहनस्वरूप विभिन्न लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ ।

प्रि-बजेट छुट योजनाको मुख्य विशेषताहरूमा निःशुल्क बीमा रहेको छ, जसमा ग्राहकहरूले आफ्नो नयाँ हुन्डाई ईभीको लागि निःशुल्क बीमा कभरेज प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ । साथै, यस अफरमा ग्राहकहरूले सडक करसमेत निःशुल्क पाउने छन् । यसका साथै तीनवटै मोडेलहरूमा विशेष नगद छुट प्रदान गरिनेछ, जसले यी अत्याधुनिक विद्युतीय सवारी साधनहरूलाई पहिलेभन्दा बढी किफायती बनाउने कम्पनीको विश्वास छ ।

यो प्रि(बजेट योजना ग्राहकहरूलाई विशेष अफरसहितको सुविधा प्रदान गर्ने एक एक सक्रिय पहल भएको कम्पनीले जनाएको छ । साथै इभी गाडीका पारखीहरुका लागि प्रत्येक मोडेलमा उपलब्ध विशेष अफरहरुको जानकारी लिन र इभी बुक गर्न नजिकको हुन्डाई शोरुममा जान कम्पनीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार