काठमाडौं । नेपाल राष्ट्र बैंकले पासपोर्ट, नागरिकता, राष्ट्रिय परिचयपत्र, लाइसेन्स, परिचयपत्र, क्रेडिट कार्ड, डेबिट कार्ड जस्ता आफ्ना निजी तथा संवेदनशील कागजात एवम् विवरणहरु सुरक्षित राख्न सन्देशमूलक सूचना जारी गरेको छ ।
वित्तीय चेतनाका लागि संवेदनशील कागजात तथा विवरणको सुरक्षा आवश्यक रहेको उल्लेख गर्दै केन्द्रीय बैंकले यस्ता कागजात एवम् विवरणहरु जो कोहीलाई फोटो खिचेर पठाउने, सामाजिक सञ्जालमा अपलोड गर्ने, इमेल गर्ने, फोटोकपी दिने जस्ता कार्यले संवेदनशील तथा व्यक्तिगत सूचना साइबर अपराध र वित्तीय ठगी गर्ने गिरोहसम्म पुग्न सक्ने भन्दै सचेत गराएको छ ।
त्यस्ता आपराधिक गिरोहसम्म पुगेर वित्तीय अपराधको शिकार पनि बन्न सक्ने सम्भावना रहेको हुन्छ ।
त्यसैले यस्ता विवरणको प्रयोगमा उच्च सतर्कता अपनानाउन र व्यक्तिगत संवेदनशील विवरण सेयर गर्नु अघि सोच्न अनुरोध गरिएको छ ।

