काठमाडौं । केही प्रदेशमा बिहानैबाट वर्षा भइरहेको छ । कोसी, मधेस, गण्डकी र वाग्मती बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार मकवानपुरको मार्खुमा अहिले भारी वर्षा भइरहेको छ ।
मकवानपुरको मार्खुमा भारी वर्षा भएको हो। जल तथा मौसम विज्ञानले अद्यावधिक गरेको तथ्यांकअनुसार तहाँ पछिल्लो ६ घन्टामै २०२.६ मिलिमिटर वर्षा भएको छ।
पछिल्लो २४ घन्टामा देशैभर वर्षा भएको छ। तनहुको बन्दीपुरमा ९६ मिलिमिटर वर्षा मापन भएको छ। तनहुँकै विमलनगरमा ८३.८ त्यस्तै सिन्धुपाल्चोकको मानेखर्कमा ७७, काठमाडौंको कीर्तिपुरमा ४५, कास्की लामापाटमा ४०.८, लमजुङको कुञ्चामा ५३, गोरखाको बारपाकमा ६१.६, गोरखाकै आरूघाटमा ७२.२ मिलिमिटर वर्षा भएको छ।


