CLI

विश्व पौडेल गभर्नर बन्ने सम्भावना

काठमाडौं । डा. विश्व पौडेल गभर्नर बन्ने लगभग निश्चित भएको छ । राष्ट्र बैंकको रिक्त गभर्नरमा मंगलबार साँझको मन्त्रिपरिषदको बैठकले उनलाई नियुक्त गर्ने सम्भावना रहेको छ । समितिले विश्व पौडेलसहित डेपुटी निलम ढुंगाना तिम्सिना र डा. अंगराज तिमिल्सना सिफारिस गर्दैछ । गर्भनरको दाबेदारको रुपमा पौडेल रहेका कांग्रेसका एक उच्च नेताले बताए ।

त्यसअघि गभर्नरको उम्मेदवार सिफारिस समितिले तीन जनाको नाम अर्थ मन्त्रालयमार्फत् मन्त्रिपरिषदको बैठक समक्ष पठाउँदै छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजक, पूर्व गभर्नर महाप्रसाद अधिकारी र डा. पोषराज पाण्डे सदस्य रहेको समितिले आजै तीन जनाको नाम सिफारिस गर्न लागेको हो ।

उक्त नेताका अनुसार गर्भनरमा पौडेलको लागि सहमति बनि सके पनि सर्वोच्च अदालतले रोक्न सक्ने सम्भावना रहेको बताए । उनी नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिध रहेका छन् । कांग्रेसकै कोटाबाट राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएका थिए भने गत प्रतिनिधिसभाको चुनावमा चितवन क्षेत्र नम्बर १ मा पार्टीका तर्फबाट उम्मेदवार भएका थिए।  पौडेललाई गभर्नर नबनाउन मागसहितको रिट सर्वोच्च अदालत पुगेकामा प्रशासनले गत शुक्रबार दरपिठ गरिदिएको थियो ।

 

 

Leave Your Comment

Related News