उच्च अंकले नेप्से बढ्दा पनि कारोबार रकम बढ्न सकेन

काठमाडौं । गत साता देखि निरन्तर घटेको शेयर बजार साताको सोमबार र मंगलबार बढेको छ ।

मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ४९.०९ अंकले बढेर २६७७.४५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ८.६८ अंकले बढेर ४५१.०१ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ३.८९ अंकले र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ३.०८ अंकले बढेको हो ।

मंगलबार ३१० वटा कम्पनीको १ करोड ६८ लाख ८८ हजार ४५९ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ७ अर्ब ३१ करोड २७ लाख ९० हजार पुगेको छ । जुन सोमबारको तुलनामा ४ करोड ६० लाख ६५ हजारले कम हो । सोमबार ३२४ वटा कम्पनीको १ करोड ६२ लाख ५ हजार ५५८ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ७ अर्ब ३५ करोड ८८ लाख ५५ हजार पुगेको हो ।

यसैबीच मंगलबार बजार पुँजीकरण रकम ४४ खर्ब ५५ अर्ब २६ करोड ८२ लाख पुगेको छ । सोमबार भने बजार पुँजीकरण रकम ४३ खर्ब ७२ अर्ब ९६ करोड ५ लाख पुगेको हो ।

यसदिन २२९ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १५ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

यस दिन १३ वटा उपसमूह बढेको छ । बैंकिङ २५, विकास बैंक १५८, वित्त ५९, होटल र पर्यटन २३६, जलविद्युत ८४, लगानी २.५८, जीवन बीमा १७६, उत्पादन र प्रशोधन १३५, लघुवित्त ५३, म्युअुचल फण्ड ०.०६, निर्जीवन बीमा २१६, व्यापार ६४ र अन्य समूह २० अंकले बढेको छ ।

यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा राधी विद्युत कम्पनी , ङादी ग्रुप, युनिभर्सल पावर कम्पनी, सानिमा माई हाइड्रोपावर र सोल्टी होटल रह्यो । राधी विद्युत कम्पनीको ४१ करोड ८० लाख , ङादी ग्रुपको ३६ करोड ८३ लाख, युनिभर्सल पावर कम्पनीको ३१ करोड ७४ लाख, सानिमा माई हाइड्रोपावरको ३० करोड ४९ लाख र सोल्टी होटलको २९ करोड २८ लाख बराबर करोबार भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार