काठमाडौं । अर्थशास्त्री डा विश्व पौडेल गभर्नर बन्ने बाटो खुलेको छ । सर्वोच्च अदालतले उनिविरुद्द दायर रिट दर्ता नगरेसँगै पौडेल गभर्नर बन्ने बाटो खुलेको हो ।
मंगलबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले रिट दरपिठ गर्ने सर्वोच्च प्रशासनको आदेश सदर गरेको हो ।
पौडेललाई गभर्नर रोक्न अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले दिएको गत शुक्रबार उक्त रिट दरपिठ गरिदिएको थियो । उक्त दरपिठ आदेशविरुद्ध अधिवक्ताद्वयले सोमबार इजलासमा निवेदन पेस गरेका थिए ।
न्यायाधीश मल्लको इजलासले दरपिठ आदेश सदर गर्दै रिट खारेज गरिदिएको हो ।
आजै गभर्नर सिफारिस समितिको बैठक बसि गभर्नर सिफारिस गरेको छ ।

