नेको इन्स्योरेन्सको अवितरीत ४३ हजार ७७९ कित्ता हकप्रद बाँडफाँड

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले प्रतिकित्ता अंकित मूल्य रु १०० रहेको ४३ हजार ७७९ कित्ता अवितरीत हकप्रद शेयर बाँडफाँड गरेको छ ।

नेको इन्सुरेन्सले प्रति शेयर अंकित मुल्य रु. १०० का दरले ५० लाख ३० हजार ९०१ कित्ता हकप्रद शेयर ४:१ को अनुपातमा निष्काशन गरेकोमा ४३ हजार ७७९ कित्तामा आवेदन परेको थिएन । कम्पनीले उक्त हकप्रद शेयर २०८२ वैशाख १२ देखि वैशाख २१ गतेसम्म शिलबन्दी बोलपत्रद्वारा बिक्री आह्वान गरेको थियो ।

उक्त अवधिभित्र प्राप्त बोलपत्रहरु वैशाख २६ गते खोलिएकोमा जेठ ६ गने निष्काशनकर्ता कम्पनीको संचालक समितिले बाँडफाँड गरेको कम्पनीले जनाएको छ ।

आवेदकहरुको बाँडफाँडमा नपरेको शेयर वापतको रकम फिर्ता भुक्तानी बुधबारदेखि आवेदकले आफ्नो आवेदन फारममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खातामा आईपीएसमार्फत रकमान्तर गरिने कम्पनीले जनाएको छ ।

रकम जम्मा नभएको खण्डमा बिक्री प्रबन्धकको कार्यालयमा कार्यालय समयभित्र सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार