मानुषि लघुवित्तमा जागिर खुल्यो

काठमाडौं । बनेपाको भैंसेपाटीमा केन्द्रीय कार्यालय भइ राष्ट्रियस्तरको कार्यक्षेत्र भएको मानुषी लघुवित्त वित्तीय संस्थामा जागिर खुलेको छ । संस्थाका शाखा कार्यालयहरूको लागि खुल्ला प्रतिस्पर्धाबाट पद परिपूर्ति गर्नेगरी विभिन्न पदमा आवेदन खुला गरिएको हो ।

इच्छुक योग्यता पुगेका नेपाली नागरिकले १५ दिनभित्र आवेदन दिन सूचनामा उल्लेख गरिएको छ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय, [email protected] इमेल ठेगानामा वेबसाइट www.manushilbs.com बाट आवेदन फारम डाउनलोड गरी भरेको फारम, आफ्नो बायोडाटा, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यता तथा आवश्यकता अनुसार कार्य अनुभव पठाउन सकिने सूचनामा उल्लेख छ ।

सुपरभाइजर/वरिष्ठ पदमा १ जना, सहायक (शाखा प्रमुख) मा २ जना, सहायक क्षेणीको सहायक पदमा ५ जना र कनिष्ठ सहायकमा ३ जना कर्मचारी माग भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार