आज एकैदिन ६ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघिय संसद अन्तर्गत आज पाँच समितिको बैठक बस्दैछ । आज संघिय संसदको प्रतिनीतिसभा अन्तर्गत अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्थ तथा सुचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्दैछ भने राष्ट्रिय  सभा अन्तर्गत संघिय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।

आजको अर्थ समितिको बैठकमा बैंङ्क तथा वित्तीय संस्था पहिलो (सशोधन बिधेयक २०८० सम्बन्धमा बिषय बिज्ञ सरोकार वालासँग छलफल हुनेछ महिला थथा सामाजिक मामिला समितिमा दुइवटा उपसमितिले तयार गरेका प्रतिवेदन समितिमा पेश हुनेछ । पूर्वाधार विकास समितिमा बिधयुत बिधयेक २०८० माथि दफाबार छलफल हुनेछ भने  शिक्षा, स्वास्थ्थ तथा सुचना प्रविधि समितिमा  विद्यालय शिक्षा विधेयक,२०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ सार्वजनिक लेखा समितिको बैठकमा  पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन उपर छलफल हुने छ

राष्ट्रिय  सभा अन्तर्गत संघिय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा  बिपत ब्यबस्थापन (बिपत जोखिम न्युनिकरण,विपत प्रतिकार्य र बिपद्द पुनर्लाभ)सम्बन्धमा भएका काम कार्वाही,विपत जोखिम न्युनिकरणको लागि तयारी तथा भाबि कार्ययोजना सम्बनधमा छलफल हुनेछ

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार