गभर्नर पौडेलले लिए प्रधान न्यायाधीस प्रकाशमान सिंह राउतसमक्ष पद तथा गोपनियताको सपथ

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले सम्माननीय प्रधान न्यायाधीस  प्रकाशमान सिंह राउतसमक्ष पद तथा गोपनियताको सपथग्रहण गरेका छन् । हिजो बसेको मन्त्री परिषद् बैठकले उनलाई नेपाल राष्ट्र बैङ्कको १८औं गभर्नरमा नियुक्त गरेको थियो ।

यस अघि नेपाल राष्ट्र बैङ्कको गभर्नर सिफारिस समितिमा  पौडेल स्वयं समितिका सदस्य रहेका थिए। तर, प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएपछि उनलाई गभर्नर बनाउने निर्णय पश्चात उनले सो समितिबाट राजिनामा दिएका थिए । त्यसपछि मन्त्रिपरिषद्ले पुरानो समिति विघटन गरी डा. पोषराज पाण्डे र पूर्वगभर्नर महाप्रसाद अधिकारी सम्मिलित नयाँ समिति गठन गरेको थियो।

यसअघि २४ चैत २०८१ मा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल पूरा भएसँगै राष्ट्र बैंक नेतृत्वविहीन बनेको थियो। राष्ट्र बैंक ऐन अनुसार गभर्नरको कार्यकाल सकिनुभन्दा एक महिना अगाडि नयाँ गभर्नर नियुक्त गर्नुपर्ने भए पनि यो प्रक्रिया करिब डेढ महिना ढिलो भएर अब कार्यान्वयनमा आएको हो।

उनले आजै आफनो कार्यभार समालेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार