काठमाडौं । नेपाल राष्ट्र बैंकको गर्भनर पदमा डा. विश्वनाथ पौडेल नियुक्त भए सँगै त्यसको प्रभाव मध्यम (सकारात्मक नकारात्मक दुवै) देखिएको छ अर्थात् नेपाल स्टक एक्जचेञ्ज, नेप्से घट्दा कारोबार बढेको छ । यो सँगै साताको चौथो दिन बुधबार शेयर बजार घटेको छ भने कारोबार रकम बढेको छ । गत साता देखि निरन्तर घटेको शेयर बजार साताको सोमबार र मंगलबार मात्र बढेको हो ।
बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ७.९४ अंकले घटेर २६६९.५१ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.१७ अंकले घटेर ४५०.८४ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ०.३३ अंकले घट्दा सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.०३ अंकले बढेको हो ।
बुधबार ३१६ वटा कम्पनीको २ करोड ३० लाख २६ हजार २४५ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम १० अर्ब ६९ करोड ८६ लाख ५१ हजार पुगेको छ । जुन मंगलबारको तुलनामा कारोबार रकम ३ अर्ब ३८ करोड ५८ लाख ६१ हजारले बढी हो । मंगलबार ३१० वटा कम्पनीको १ करोड ६८ लाख ८८ हजार ४५९ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ७ अर्ब ३१ करोड २७ लाख ९० हजार पुगेको हो ।
यसैबीच बुधबार बजार पुँजीकरण रकम ४४ खर्ब ४२ अर्ब ५ करोड १० लाख पुगेको छ । मंगलबार भने बजार पुँजीकरण रकम ४४ खर्ब ५५ अर्ब २६ करोड ८२ लाख पुगेको हो ।
यसदिन ९३ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १५३ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
यस दिन ३ वटा उपसमूह बढ्दा १० वटा उपसमूह घटेको छ । बैंकिङ ३ , विकास बैंक ८ र म्युअचल फण्ड ०.०३ अंकले बढ्दा वित्त ५, होटल र पर्यटन ९, जलविद्युत ३५, लगानी ०.१५, जीवन बीमा २१, उत्पादन र प्रशोधन ५०, लघुवित्त २५, निर्जीवन बीमा २, व्यापार २३ र अन्य समूह १५ अंकले घटेको हो ।
यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा राधी विद्युत कम्पनी , माउन्टेन इनर्जी लिमिटेड, ङादी ग्रुप, युनिभर्सल पावर कम्पनी, हिमालयन रिइन्स्योरेन्स रह्यो । राधी विद्युत कम्पनीको ७१ करोड ३ लाख, माउन्टेन इनर्जी लिमिटेडको ५९ करोड १० लाख, ङादी ग्रुपको ५७ करोड ८३ लाख, युनिभर्सल पावर कम्पनीको ४३ करोड २२ लाख, हिमालयन रिइन्स्योरेन्सको ३७ करोड २९ लाख बराबर कारोबार भयो ।

