काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटको मिति नजिकैसँगै व्यवसायीहरुले ईभीको आयात बढाएको छन् । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्मको तथ्यांकमा बजेटको मिति नजिकैसँगै ईभीको आयात बढेको देखिन्छ ।
सरकारले चालु आवको लागि ईभीको करदर बढाएको थियो । अहिले पनि ठूलो परिणाममा ईभी भित्रित्रा पुन कर बढ्ने सम्भावनलाई थप बल पुर्याएको छ ।
चालु आवको वैशाखमसान्तसम्म २३ अर्ब ९ करोड ९३ लाख २२ हजार रुपैयाँ बराबरको ९ हजार ८५० युनिट इलेक्ट्रिक कार भन्सारबाट नेपाल भित्रिएको छ ।
चालु आवको चैतमसान्तसम्म १८ अर्ब ६१ करोड ५८ लाख ३० हजार रुपैयाँ बराबरको ७ हजार ९५८ यूनिट इलेक्ट्रिक कार भित्रिएको हो ।
वैशाख महिनामा मात्र ४ अर्ब ४८ करोड ३४ लाख ९२ हजार रुपैयाँ बराबरको १ हजार ८९२ यूनिट इलेक्ट्रिक भित्रिएको छ ।
साउनदेखि चैतसम्म नेपालमा औसतमा २ अर्ब ६ करोड ८४ लाख २५ हजार रुपैयाँ बराबरको ८८४ यूनिट ईभी भित्रिएको थियो । तर व्यवसायीहरुले वैशाखमा भने औसत आयात भन्दा दुई गुणा बढी ईभी भित्रिएका छन् ।
साउनदेखि चैतसम्म नेपालमा ० देखि ५० किलोवाट क्षमताका ९ अर्ब ९७ करोड ३६ लाख रुपैयाँ बराबरको २ हजार ७८३ यूनिट, ५१ देखि १०० किलोवाट क्षमताका १० अर्ब ९४ करोड ७९ लाख ८८ हजार रुपैयाँ बराबरको ४ हजार ४१४ यूनिट, १०१ देखि २०० किलोवाट क्षमताका २ अर्ब ५६ करोड ९ लाख ३६ हजार रुपैयाँ बराबरको ७४२ यूनिट, २०१ देखि ३०० किलोवाट क्षमताका १२ करोड ४९ लाख ७५ हजार रुपैयाँ बराबरको १७ युनिट र ३०१ किलोवाट क्षमता भन्दा माथिको ८३ लाख २३ हजार रुपैयाँ बराबरको दुई युनिट इलेक्ट्रिक कार भित्रिएको थियो ।
वैशाखमा मात्र ० देखि ५० किलोवाट क्षमताका १ अर्ब ६७ लाख १८ हजार रुपैयाँ बराबरको ५८६ यूनिट, ५१ देखि १०० किलोवाट क्षमताका २ अर्ब ९२ करोड ३४ लाख १६ हजार रुपैयाँ बराबरको १ हजार ११२ यूनिट, १०१ देखि २०० किलोवाट क्षमताका ५४ करोड ४४ लाख रुपैयाँ बराबरको १८५ यूनिट, २०१ देखि ३०० किलोवाट क्षमताका ८९ लाख ५५ हजार रुपैयाँ बराबरको १ युनिट र ३०१ किलोवाट क्षमता भन्दा माथिको भने एउटा पनि ईभी आएको छैन ।
आईसको तुलनामा इलेक्ट्रिक सवारीमा कर सस्तो हुँदा नेपालमा ईभी अपनाउने दर पछिल्लो समय बढ्दो छ । ईभीमा कम कर हुँदा राज्य अर्बौ राजस्व गुमाइरहेको छ । यस्तोमा कर बढ्ने सम्भावना प्रवल रहेको देखेर व्यवसायीहरुले ठूलो परिणामा ईभी भित्र्याएका हुन् । नेपालको प्रमुख नाका केरुङ, तातोपानी तथा चोभार सुख्खा बन्दरगामा ठूलो संख्यामा ईभी देख्न सकिन्छ ।

