ओम मेगाश्री फर्मास्यूटिकल्सले बोलायो साधारण सभा

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ । हालै मात्र सर्वसाधारणलाई प्राथमिक शेयर निष्कासन, आईपीओ जारी गरेको यस कम्पनीले आगामी असार ६ गते चितवनस्थित उद्योग परिसरमा बिहान ११ बजे सभा डाकेको हो ।

साधारण सभाले अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहितका वित्तीय विवरणहरू अनुमोदन गर्नेछ। साथै, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरी उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।

त्यसैगरी, सञ्चालक समितिको पुनर्गठन, सञ्चालकहरूको भत्ता तथा सुविधा निर्धारण, दुई जना सर्वसाधारण तर्फका सञ्चालकको निर्वाचन, साथै कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्तावहरू पनि सभामा पेश गरिनेछन् ।

सभा प्रयोजनका लागि कम्पनीले जेठ २० गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसअनुसार, जेठ १९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा नाम रहेको शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार