सान्भी इनर्जीको आईपीओ आजदेखि सर्वसाधारणमा खुला

काठमाडौं । सान्भी इनर्जी लिमिटेडको दोस्रो चरणअन्तर्गत प्राथमिक सेयर (आईपीओ) आजबाट सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुल्ला हुँदैछ ।

कम्पनीले प्रतिकित्ता १०० सयका दरका ३७ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो । जसमध्ये ८ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका लागि र २ लाख ९१ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

बाँकी रहेको २६ लाख १९ हजार कित्तामध्ये १ लाख ४५ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ५८ हजार २०० कित्ता कर्मचारीलाई छुट्याएर बाँकी २४ लाख १५ हजार ३०० कित्ता सर्वसाधारणमा बिक्री खुला गर्न लागिएको हो । आईपीओमा जेठ १३ गतेसम्म आवेदन दिन सकिनेछ ।

सान्भी इनर्जीको आइपीओ बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार