श्रेष्ठ नेतृत्वको एनआरएनएलाई परराष्ट्र मन्त्रालयको मान्यता, सबै दूतावासमा सर्कुलर

काठमाडौं । परराष्ट्र मन्त्रालयले गत वैशाख २१ गते सर्वसम्मत चयन भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा महेशकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई मान्यता दिएको छ । मन्त्रालयले बिहीबार सबै दूतावासहरुमा त्यसको सर्कुलर गरेको हो ।

सर्वोच्चको परमादेश अनुसार गठित उच्चस्तरीय समितिले हालसालै काठमाडौँमा आयोजना गरेको एनआरएनएको एकता महाधिवेशन र तत्पश्चात लगत्तै सम्पन्न चुनावी कार्यतालिका बमोजिम महेश कुमार श्रेष्ठको नेतृत्वमा पुरै कार्यसमिति निर्विरोध निर्वाचित भएको पत्रमा उल्लेख छ । पत्रमा भनिएको छ, ‘महेश कुमार श्रेष्ठको नेतृत्वमा पुरै कार्यसमिति निर्विरोध निर्वाचित भएको जानकारी गराउँदै माननीय परराष्ट्र मन्त्रीज्यूलाई सम्बोधन गरी लेखिएको मिति २०८२/०१/३० को पत्र तहाँको जानकारीको लागि पठाइएको ब्यहोरा निर्देशानुसार अनुरोध छ ।’

शेष घले नेतृत्वकै उच्चस्तरीय समितिले श्रेष्ठ नेतृत्वको कार्यसमिति चयन गरेको पनि डा बद्री केसी नेतृत्वको एनआरएनएले  बालुवाटारस्थित कार्यालयबाटै गतिविधि गर्दै आएको छ । एनआरएनएको विवादसम्बन्धी मुद्दाहरु सर्वोच्च अदालतमा विचाराधीन छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार