नेपाल बैङ्कर्स संघले भेट्यो नब नियुक्त गभर्नर

काठमाडौं । नेपाल बैंकर्स संघको कार्यकारिणी समितिका पदाधिकारीहरूले नव नियुक्त गभर्नर  डा. विश्वनाथ पौडेलसँग शिष्टाचार भेट गरेर बधाई तथा शुभकामना प्रदान गरेको छ  ।

गभर्नर सँगको भेटमा  संघका पदाधिकारीहरूले बैंकिङ्ग क्षेत्रलाई अझ सुदृढ र प्रभावकारी बनाउन यस अघि जस्तै  नेपाल राष्ट्र बैंकबाट निरन्तर साथ र  सहयोगको अपेक्षा रहेको उल्लेख गरेका थिए ।

बैकर्स संघसँगको भेटमा नव नियूक्त गभर्नरले बैंक तथा वित्तीय संस्थाहरूले देशको आर्थिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै, विद्यमान चुनौतीहरूको समाधानका लागि सबै सरोकारवाला एकजुट भई अघि बढ्नुपर्ने बताएका छन्  ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार