लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा आज पनि सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र लगाउमा राखिएका पूर्वडीआईजी छविलाल जोशीसहितको निवेदनमा आज पनि सुनुवाइ हुँदैछ ।

न्यायाधीशद्वय बालकृष्ण ढकाल र नहकुल सुवेदीको इजलासमा मंगलबारदेखि सुनुवाइ जारी छ । मंगलबार लामिछानेका तर्फबाट कानुन व्यवसायीले बहस गरेकोमा बुधबार इजलास नबसेपछि बिहीबार थप सुनुवाइ भएको थियो ।

हालसम्म लामिछाने र जोशीका कानुन व्यवसायी तथा सरकारी वकिलको बहस सकिएको छ । आज जाहेरवालका तर्फबाट कानुन व्यवसायीले बहस गरेपछि जवाफी बहस सुरु हुनेछ ।

सुनुवाइ अन्तिम चरणमा रहेकाले सम्भव: आजै आदेश आउनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार