काठमाडौं । आर्थिक बर्ष २०८२/०८३को बजेट बक्तब्य संसदको संयुक्त सदनमा पेश हुने दिन नजिकिएसँगै अर्थ मन्त्रालयले मन्त्रालय प्रवेशमा कडाइ गरेको छ । बजेट निर्माणलाई ध्यान दिएर अर्थले मन्त्रालय प्रवेशमा कडाइ गरेको जनाएको छ ।
यस अघि अर्थ मन्त्री र मन्त्रालयक टिमले मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणबारे मन्त्रालयहरु, विभागहरु, राष्ट्रिय योजना आयोग, राजनीतिक दल, जनप्रतिनिधि तथा सम्बन्धित क्षेत्रका विज्ञहरु, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतसँग परामर्श गरेका थिए । थ्यसैगरी अर्थ मन्त्रालयले पूर्व अर्थमन्त्रीहरु,पूर्व अर्थ सचिवहरु, अर्थ विद्हरु, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका विषयतगत संघसंस्थाहरु साथै । विकास साझेदारहरुसँग पनि छलफल गरिसकेको छ ।
अर्थ मन्तालय स्रोतका अनुसार अहिले बजेट तयारीका कार्यहरु जारी छन्, अर्थ मन्त्रालय प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनीले भने-बजेट तयारीलाई व्यवस्थित र योजनबद्ध रुपमा अघि बढाउन मन्त्रालय प्रवेशमा कडाइ गरेका हौं ।‘
आर्थिक वर्ष २०८२/ ८३ को बजेट निर्माणसम्बन्धी परामर्श, छलफल र सुझावका लागि अर्थ मन्त्रालयले गत वैशाख महिनामा सबैलाई सहज पहुँचको व्यवस्था गरेको थियो ।
यही जेठ १५ गते संघीय संसदको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/ ८३ को बजेट वक्तव्य प्रस्तुत गर्नेछन् ।
आजबाट आम नागरिकलाई मन्त्रालय प्रबेशमा कडाइ गरेसँगै अर्थको टिली बजेट लेखनमा ब्यस्त भएको छ । बिगत केही बर्षका बजेट निर्माणमा अनाधिकृत ब्यक्ति प्रबेश गरेको भन्दै अर्थ मन्त्रीको राजिनामा र संसदीय छानबीन समिति समेत ठन भएको थियो ।
देशका बर्तमान आर्थीक अबस्था सिमित स्रोत र नागरिककका असिमित आकांक्ष पुरा गर्ने गरी ब्यबस्थित र अनुसाशित बजेट बनाउनु पर्ने दबावमा अर्थमन्त्री रहेका छन् ।


