CLI

हिम स्टार ऊर्जा कम्पनीले पायो आइपीओ अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट हिम स्टार ऊर्जा कम्पनीले आइपीओ अनुमति पाएको छ।

धितोपत्र बोर्डले आज जेठ ९ गते हिम स्टार ऊर्जालाई आइपीओ अनुमति दिएको हो। अब यो कम्पनीले हाल कायम चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने रकमबराबरको आइपीओ निष्कासन गर्नेछ।

कम्पनीले ११ करोड १९ लाख रुपैयाँबराबरको आइपीओ जारी गर्ने अनुमति पाएको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ लाख १९ हजार कित्ता आइपीओ बिक्री खुला गर्नेछ।

हिम स्टार ऊर्जाको आइपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।

Leave Your Comment

Related News