काठमाडौं । बंगालको खाडी क्षेत्र हुँदै दक्षिण एशियाका विभिन्न भू-भागमा मनसुन सक्रिय बन्दै गएको छ। हालको अवस्थाअनुसार, बंगालको खाडिको उत्तर–पश्चिमका केही भाग तथा दक्षिण–पश्चिमका अधिकांश क्षेत्रमा मनसुन प्रवेश गरिसकेको छ।
यसका साथै भारतको केरला राज्य, माल्दिभ्स, श्रीलङ्का तथा आसपासका भू-भागहरूमा समेत मनसुनको प्रभाव देखिन थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट जमिनको भू-भागतर्फ मनसुन विस्तार हुँदै गएको छ र आगामी केही दिनमा यसले थप क्षेत्रहरूलाई समेट्ने अनुमान गरिएको छ।
नेपालमा पनि आगामी साता मनसुनको आगमन हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखा जानकारी दिएको छ। सामान्यतया नेपालमा मनसुन जून महिनाको दोस्रो साता आसपास सक्रिय हुने गर्दछ। जलवायु परिवर्तन र मौसम प्रणालीको असरले मनसुनको समय र प्रभावमा केही हेरफेर हुने देखिएको छ।
महाशााले बाढी, पहिरो र भारी वर्षाका सम्भावित जोखिमलाई ध्यानमा राख्दै सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

