गर्भनर नियुक्ति पछि छैन सकारात्मक शेयर बजार, नेप्से र कारोबार दुवै घट्यो

काठमाडौं । साताको पहिलो दिन शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल राष्ट्र बैंकको गर्भनर पदमा नियुक्त सँगै बजार बढ्ने भने पनि त्यसो हुन सकेन । गत साता गर्भनर पदमा डा. विश्वनाथ पौडेल नियुक्त भएका हुन् ।

आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ८.५७ अंकले घटेर २६७९.९८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १.४६ अंकले घटेर ४५६.४६ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ०.५९ र सेन्सेटिभ फोल्ट इन्डेक्स ०.५२ अंकले घटेको हो ।

आइतबार ३१४ वटा कम्पनीको १ करोड ८५ लाख ५ हजार ७७१ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ७ अर्ब ६० करोड ९५ लाख ४२ हजार पुगेको छ । जुन बिहीबारको तुलनामा करोबार रकम २ अर्ब २१ करोड २५ लाख २८ हजारले कम हो । बिहीबार ३१४ वटा कम्पनीको २ करोड २३ लाख ९६ हजार ३२९ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ९ अर्ब ८२ करोड २० लाख ७० हजार पुगेको हो ।

यसैबीच आइतबार बजार पूँजीकरण रकम ४४ खर्ब ५९ अर्ब ४७ करोड ३३ लाख पुगेको छ । बिहीबार भने बजार पुँजीकरण रकम ४४ खर्ब ७३ अर्ब ७३ करोड ९२ लाख पुगेको हो ।

यसदिन ९९ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १४८ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
यस दिन २ वटा उपसमूह बढ्दा ११ वटा उपसमूह घटेको छ । लघुवित्त ११३ र व्यापार ६ अंकले बढ्दा बैंकिङ ९, विकास बैंक ८१, वित्त २४, होटल र पर्यटन १२१, जलविद्युत १३, लगानी १.१६, जीवन बीमा ४५, उत्पादन र प्रशोधन २.६५, म्युअचल फण्ड ०.५८ , निर्जीवन बीमा १३ र अन्य समूह ११ अंकले घटेको हो ।

यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा राधी विद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी, ङादी ग्रुप, युनाइटेड मोदी हाइड्रोपावर र हिमालयन पावर पार्टनर रह्यो । राधी विद्युत कम्पनीको ७१ करोड ४९ लाख, युनिभर्सल पावर कम्पनीको ३० करोड ३१ लाख, ङादी ग्रुपको २९ करोड ५१ लाख, युनाइटेड मोदी हाइड्रोपावरको २८ करोड ८३ लाख र हिमालयन पावर पार्टनरको २१ करोड २३ लाख बराबर करोबार भयो । लगानीकर्ताले गर्भनर नियुक्ति सँगै शेयर बजारमा सकारात्मक प्रभाव पर्ने बताए पनि त्यसो हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार