CLI

नेपाल फाइनान्सको १० लाख ५० हजार कित्ता हकप्रद शेयर बिक्रीमा

काठमाडौं । नेपाल फाइनान्सले १० लाख ५० हजार कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले हकप्रद शेयरको बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा संस्थापक र सर्वसाधारण शेयर बाँडफाँड भई बाँकी रहेको उक्त शेयर बिक्रीमा ल्याएको हो ।

शेयरहरु खरीद गर्न इच्छुक व्यक्ति, कम्पनी, संस्थाहरुले प्रति कित्ता के कति दर रेटमा लिन कबुल गर्ने हो उल्लेख गरी प्रभु क्यापिटल लिमिटेड, कमलादी, नेपाल फाईनान्स लिमिटेडको केन्द्रीय कार्यालय कमलादी, बनेपा, माछापुच्छ्रे, लगनखेल र तिलोत्तमा शाखा कार्यालयहरु तथा प्रभु बैंक लिमिटेडको विराटनगर, विरगंज, पोखरा, नेपालगंज, सुर्खेत र धनगढी शाखा कार्यालयहरुमा आवेदन पेस गर्न सकिने सूचनामा उल्लेख छ ।

शेयरको न्यूनतम मूल्य प्रति शेयर रु.१००/- तोकिएकोमा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

Leave Your Comment

Related News