CLI

कर विवरण नबुझाउने ९५ हजार बढी कम्पनी दर्ता निलम्बन, आयात निर्यातमा रोक (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभाग लाजिम्पाटले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १७ को उपदफा (८) मा लगातार ६ महिनासम्म कर विवरण पेश नगर्ने ९५ हजार ३४९ करदाता कम्पनीलाई दर्ता निलम्बन गरेको छ ।

विभागले गत वैशाख ११ गते एक सूचना जारी गर्दै १५ दिनभित्र आफ्नो व्यवसाय दर्ता रहेको आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा सम्पर्क राखी कर विवरण पेश गर्न सूचित गरेको थियो । यस अवधिमा पनि कर विवरण नबुझाएपछि ती कम्पनीहरुको दर्ता निलम्बन गरिएको हो ।

कर विवरण नबुझाएका करदाताहरूको करकट्टी रोक्का राखी मूल्य अभिवृद्धि कर दर्ता निलम्बन गरिएको छ । करदाताहरूको नाम पनि विभागले सार्वजनिक गरेको छ ।

यसरी निलम्बित देखिएमा यी करदातासँग खरिद वा बिक्री कारोबार नगर्न पनि विभागले अनुरोध गरेको छ । यसरी दर्ता निलम्बन भएका करदाताहरूले कर विवरण पेश गरी कारोबार नियमित गरी दर्ता कायम राख्न चाहेमा बाँकी सबै अवधिको कर विवरण पेश गरेपछि निलम्बन सूचीबाट स्वत: हट्ने व्यवस्था भने विभागले मिलाएको छ ।

दर्ता निलम्बन भएका करदाताको हकमा निलम्बन रहेको अवधिसम्म त्यस्ता करदाताको निकासी र पैठारी सम्बन्धी कारोबार रोक्का गर्न विभागले भन्सार विभागलाई अनुरोध गरेको छ । कुनै करदाताको दर्ता निलम्बन हुनुनपर्ने कुनै कारण भएमा वा यस सम्बन्धमा कुनै दाबी विरोध भएमा वा कुनै असुविधा परेमा आफ्नो व्यवसाय दर्ता रहेको सम्बन्धित आन्तरिक राजस्व कार्यालय (ठूला करदाता कार्यालय र मध्यम स्तरीय करदाता कार्यालय समेत) तथा करदाता सेवा कार्यालयमा सम्पर्क गर्न भनिएको छ ।

यी हुन् दर्ता निलम्बनमा परेका कम्पनी

Leave Your Comment

Related News