CLI

महालक्ष्मी बिकास बैङ्कले गर्यो देशैभरका महिला उध्यमिलाई सम्मान

काठमाडौं । महालक्ष्मी विकास बैंकले ३१ औं बार्षितोत्सवको अबसरमा  २०८२ जेठ ०४ गते देखी २०८२जेठ १० महिनाब्यापी रुपमा वार्षिक उत्सव मनाउदै देशै भरि विभिन्न शाखा कार्यालयहरु मार्फत महिला उद्यमीहरुलाई सम्मान गरेको छ ।

वित्तीय पहुँच, आर्थिक विकास, सामाजिक प्रगति तथा लैंगिक समानताको मुल प्रवाहमा ल्याउने उद्धेश्य सहित उक्त सम्मान गरिएको बैङ्कले जनाएको छ  । यो कार्यबाट उद्यमशिलतालाई समेत प्रबद्र्धन गर्न सहयोग पुग्ने विश्वास लिइएको बैङ्को भनाई रहेको छ  ।

साथै बैंकले वार्षिकोत्सवको अवसरमा जेष्ठ ६ गते देश भरका १० वटा शाखा कार्यालयहरु र बैंकको केन्द्रिय कार्यालयमा बृहत रक्तदान कार्यक्रम गरेको थियो । रक्तदान कार्यत्रमा ३२० पिन्ट रगत संकलन गरिएको थियो । स्वास्थ्य क्षेत्रमा चुनौतीको रुपमा रहेको रगत व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले बैंकले ३१ औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रमहरु सञ्चालन गरेको जनाईएको छ  ।

साथै बैंकले जेष्ठ ७ गते बुधबार केन्द्रिय कार्यालय, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयहरु मार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरुलाई स्थानीय भेषभूषा सहितको पहिरनमा उपस्थीत भई सम्बन्धीत भेषभुषाको प्रहसन गरिएको थियो । बैंकको केन्दद्रिय कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर तथा आँखा शिविर समेत सञ्चालन गरेको थियो । केन्द्रिय कार्यालय, प्रादेशिक कार्यालयहरु तथा शाखा कार्यालयका कर्मचारीहरुको सहभागितामा वित्तीय साक्षरता सहितको प्रभातफेरी कार्यक्रम समेत सम्पन्न गरिएको बैङ्कको भनाई रहेको छ  । प्रभातफेरी कार्यक्रममा बैंकिङ्ग सेवाहरुः जस्तै मोवाईल बैंकिङ्ग, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डहरुको प्रयोग गरिएको थियो ।

वार्षिक उत्सवको महत्वपुर्ण कार्यक्रमको रुपमा रहेको र  विगत ३ बर्षदेखि सफलतापुर्वक सञ्चालन गरिएको महालक्ष्मी कर्पोरेट क्रिक्रेटको चौथो श्रृङखला (महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग – २०२५, श्रृङखला ४) २४ टिमको सहभागितामा बैङ्कले जेष्ठ २१, २२, २३  र २४ गते सञ्चालन गर्ने बताएको छ  ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार