काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदीको मूल्य यथावत रहेको छ । आज सुन प्रति तोला ७०० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रति तोला एक लाख ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य १ लाख ९१ हजार ८०० रुपैयाँ थियो ।
चाँदीको मूल्य भने यथावत रहेको छ । महासंघका अनुसार चाँदी प्रति तोला दुई हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि चाँदीको मूल्य सोही नै रहेको थियो ।
(समाचारमा भूल भएकाले सुधार गरिएको छ )

