काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नरहेको निष्कर्ष निकालेको छ। सोमबार देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले गृहमन्त्री संलग्न नरहेको निष्कर्ष निकालेको हो।
बैठक गृहमन्त्रीको राजीनामामा प्रवेश नगरेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महले जानकारी दिए । ‘छानबिनको दायरामा गृहमन्त्री हुनु हुन्नु, उहाँमाथि उजुरी छैन। उहाँ दोषी भन्न मिल्दैन’ जो संलग्न छन् तिनीहरुमाथि कारवाही हुनुुपर्छ,’ उनले भने । उनले लेखकलाई जब्बरजस्त जोडेर अफवाह फैलाइएको दाबी गरे ।
बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुनपर्ने निष्कर्ष समेत निकालेको छ। गृहमन्त्रीमाथिको आरोप मिथ्या हो। मिथ्या आरोपको आधारमा लेखकले पदबाट राजीनामा दिन नपर्ने कांग्रेस पदाधिकारीहरुको भनाई छ ।
‘गृहमन्त्रीको माथिको आरोप मिथ्या हो त्यसैले गर्दा राजीनामा नदिने पक्षमा अडान लिने निष्कर्ष पदाधिकारी बैठकले समेत निकालेको छ,’ एक कांग्रेस नेताले भने ।
कांग्रेसले यसलाई राजनीतिक रुपमा बदनाम गर्न गरिएको प्रचारबाजी भएको ठहरसमेत गरेको छ।

