शेयर कर्जामा लचिलो बन्दा पनि बढेन शेयर बजार, नेप्सेसँगै करिब साढे २ करोडले घट्यो कारोबार

काठमाडौं । शेयर बजार घट्ने क्रमले निरन्तरता पाएको छ । नेपाल राष्ट्र बैंकले शेयर कर्जाको जोखिम भार घटाएर १०० प्रतिशत कायम गरे पनि त्यसको प्रभाव भने शेयर बजारमा परेन ।
यो सँगै साताको दोस्रो दिन शेयर बजार सामान्य अंकले घटेको छ ।

सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ५.२१ अंकले घटेर २६७४.७६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.३७ अंकले घटेर ४५६.०९ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ०.३२ र सेन्सेटिभ फोल्ट इन्डेक्स ०.१५ अंकले घटेको हो ।

सोमबार ३३७ वटा कम्पनीको १ करोड ७१ लाख ६० हजार ६२५ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ७ अर्ब ५८ करोड ५० लाख २२ हजार पुगेको छ । जुन आइतबारको तुलनामा कारोबार रकम २ करोड ४५ लाख २० हजारले कम हो । आइतबार ३१४ वटा कम्पनीको १ करोड ८५ लाख ५ हजार ७७१ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ७ अर्ब ६० करोड ९५ लाख ४२ हजार पुगेको हो ।

यसैबीच सोमबार बजार पुँजीकरण रकम ४४ खर्ब ५० अर्ब ७९ करोड ३० लाख पुगेको छ । आइतबार भने बजार पूँजीकरण रकम ४४ खर्ब ५९ अर्ब ४७ करोड ३३ लाख पुगेको हो ।

यसदिन ९२ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १५५ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
यस दिन २ वटा उपसमूह बढ्दा ११ वटा उपसमूह घटेको छ । बैंकिङ २ र उत्पादन र प्रशोधन ५७ अंकले बढ्दा विकास बैंक १५, वित्त ३, होटल र पर्यटन ६२, जलविद्युत २, लगानी ०.१७, जीवन बीमा २७, लघुवित्त ७५, म्युअचल फण्ड ०.०१ , निर्जीवन बीमा ४१, व्यापार ६ र अन्य समूह ११ अंकले घटेको हो ।यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा राधी विद्युत कम्पनी, ङादी ग्रुप, युनिभर्सल पावर कम्पनी, कुमारी बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्ट लिमिटेड रह्यो । राधी विद्युत कम्पनीको ६४ करोड ३१ लाख, ङादी ग्रुपको ५६ करोड ८६ लाख, युनिभर्सल पावर कम्पनीको ४५ करोड ३९ लाख, कुमारी बैंकको २१ करोड ९५ लाख र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्ट लिमिटेडको १८ करोड ३५ लाख बराबर कारोबार भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार